Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिदै।

झडप हुदा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, सुर्खेत । आइतबार बिहानै बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार बिहानैदेखि आन्दोलन गरिरहेका छन । अहिले आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलन चर्कीए पछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडप पनि भएको छ भने झडप हुदा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

वीरेन्द्रनगरमा भइरहेको आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन। अश्रु ग्यास प्रहार गर्दा पनि आन्दोलनकारी शान्त हुन सकेका छैनन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ ।  आन्दोलन साम्य पार्न १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताएका छन ।

थप