फागुन २५, काठमाडौं । शेषकान्त पौडेल ललितपुर
महानगरपालिकाका शिक्षा अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
घुस रकम
लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ परेका उनी महानगरपालिकाको शिक्षा महाशाखामा
कार्यरत छन।
उनलाई अख्तियार दुरुपयोग
अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार उनकै पार्यकक्षबाट पक्राउ गरेको हो।
पौडेलले शिक्षक सरुवा गर्न
सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर
महानगरपालिका कार्यालय पुगेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका जानकारी
दिएका छन।
- न्युज बहार संवाददाता