Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आन्तरिक हवाई उडानहरू स्थगित, सतर्क रहन आग्रह

  •   १२ महिना अघि | १८ असोज २०८२, शनिबार

असोज १८, काठमाडौँ । देशभर हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ, जसका कारण विभिन्न स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती र मधेस प्रदेशका धेरै ठाउँहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा, तथा कोशी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तरपूर्व दिशातर्फ सर्दै गएकाले ती क्षेत्रमा अझै वर्षा जारी रहने महाशाखाको भनाइ छ। महाशाखाले नागरिकहरूलाई सतर्क रहन र पछिल्लो मौसमी जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ। लगातारको वर्षाका कारण लामो दुरीका सवारी साधनहरू रोकिएका छन् भने आन्तरिक हवाई उडानहरू पनि स्थगित गरिएको छ।

  • न्युज बहार संवाददाता

थप