बैशाख
१०, काठमाडौँ । काठमाडौँको बाफलमा रहेको एक गार्मेन्टमा आगलागी हुँदा उक्त आगलागी
भएको ठाउँवाट एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला परेको छ।
मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागी भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी गराएका छन। आगलागी पश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।
प्रहरीले आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको बताएका छन।
- न्युज बहार संवाददाता