फागुन ९, काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशालि
भूकम्पको धक्का महशुस गरिएको छ । देशको दक्षिणी क्षेत्रमा सिरियासँग सीमा जोडिएको
स्थानमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको स्रोतले जनाएको छ।
सोमबार
राति गएको नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको प्रभाव सिरियामा
पनि परेको अनुमान गरिएको छ । दुई देशमा गरि नयाँ भुकम्पले ६०० भन्दा धेरै
घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चार
माध्यमले बताएका छन।
४४
हजारभन्दा धेरैको मृत्यु हुने गरी केही समय अगाडिमात्रै सोही क्षेत्रलाई
केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको थियो ।
उक्त
शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीको
स्थिती भयावह बन्दै गएको छ।
भूकम्पले
टर्कीमा भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ भने ती भग्नावशेषमा मानिसहरू
फसिरहेका छन् । उनीहरूको उद्धार कार्य अहिले पनि भइरहेको त्यहाँका अधिकारीहरूले जानकारी
दिएका छन ।