कार्तिक
७, पोखरा । गोरखामा
रोटेपिङबाट लडेर एक जनाको मृत्यु भएको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका ८
मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा
स्थानिय ३६ वर्षीया कल्पना कोइरालाको रहेकी छन ।
पिङ
खेल्ने क्रममा लडेर टाउकोमा चोट लागेको उनलाई उपचारका लागि गोरखा अस्पताल लैजाँदै
गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।
त्यस्तै
अर्को तर्फ घाटमा दुर्गा
मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ।
रुपन्देही प्रहरीका अनुसार दुई
जना युवाको डुबेर मृत्यु भएको हो भने एक जना बेपत्ता भएका हुन । प्रमुख प्रहरी
उपरीक्षक भरतबहादुर विश्वकर्माले बेपत्ता भएकाको खोजी कार्य जारी रहेको बताएका छन ।
- न्युज बहार संवाददाता