Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

१० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला केपी ओली ज्यु : बालेन शाह

  •   २ महिना अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका छन् ।

बालेनले झापाको गिरीबन्धु टि स्टेटको जग्गा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिने भनेर थम्थम्याएको भन्दै ओलीलाई अर्को काण्ड गरेर जनता झुक्याउने प्रयत्नमा नलाग्न आग्रह समेत गरेका हुन् ।

आज आफ्नो सामाजिक सञ्जाल फेसबुक स्ट्याटस मार्फत उनले गिरीबन्धुको काण्डको फाइल कसैले पल्टायो भने ओलीलाई जेल पुर्याउन सक्ने चेतावनी दिँदै यसअघि पनि जेल बसेकै हो भनेर सचेत गराएका हुन ।

समयमै गिरीबन्धुको जग्गा पीडितको बैना फिर्ता गर्न पनि बालेनले सुझाएका छन् ।



 

  • न्युज बहार संवाददाता

थप