Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला केपी ओली ज्यु : बालेन शाह

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका छन् ।

बालेनले झापाको गिरीबन्धु टि स्टेटको जग्गा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिने भनेर थम्थम्याएको भन्दै ओलीलाई अर्को काण्ड गरेर जनता झुक्याउने प्रयत्नमा नलाग्न आग्रह समेत गरेका हुन् ।

आज आफ्नो सामाजिक सञ्जाल फेसबुक स्ट्याटस मार्फत उनले गिरीबन्धुको काण्डको फाइल कसैले पल्टायो भने ओलीलाई जेल पुर्याउन सक्ने चेतावनी दिँदै यसअघि पनि जेल बसेकै हो भनेर सचेत गराएका हुन ।

समयमै गिरीबन्धुको जग्गा पीडितको बैना फिर्ता गर्न पनि बालेनले सुझाएका छन् ।



 

  • न्युज बहार संवाददाता

थप