Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन सम्पूर्ण शक्ति प्रयोग गरिनेछ : प्रधानमन्त्री

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । तराईमधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने यो सरकार राष्ट्रका सामु देखापरेका चुनौतीहरूको सामना गर्न लागेको छ, स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ भने अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराईमधेस सुक्खा समस्याले ग्रस्त छ र यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ।

  • न्युज बहार संवाददाता

थप