साउन २१, काठमाडौँ
। सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह ‘दारी ग्याङ’ ले विभिन्न कार्यहरु
गर्दै आएको छ । यसै क्रममा ‘दारी ग्याङ’ ले आफ्नो पहिलो
फुटसल प्रतियोगिता आयोजना गर्ने लागेको छ । ‘दारी ग्याङ’ को आयोजनामा हुन
लागेको पहिलो फुटसल प्रतियोगिता यही आउँदो भाद्र १४ र १५ गते काठमाडौँमा हुँदैछ ।
उक्त फुटसल प्रतियोगिताका
लागि टिम दर्ता फारम खुलेको जानकारी दारी ग्याङका सक्रिय सदस्य तथा फुटसल
व्यवस्थापन समितिका सदस्य निरोज कुमार भट्टराईले जनाएका छन । ‘परोपकारको लागि
खेलकुद’ शीर्षकमा
आयोजना हुन लागेको यस प्रतियोगितामा देशभरिका ३२ टिमले लिग चरण र त्यसपछि नकआउट
चरणमा प्रतिस्पर्धा गर्ने समितिका सदस्य भट्टराईले जानकारी दिएका छन । यस फुटसल
टुर्नामेन्टको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजकमार्फत उपलब्ध गराइने छ ।
यस फुटसल प्रतियोगिताको
विजेताले ५० हजार नगद सहित मेडल, ट्रफी र
प्रमाणपत्र समेत प्रप्त गर्नेछन्। साथै उपविजेता टिमले ३० हजार नगद, मेडल, र प्रमाणपत्र
प्राप्त गर्ने जनाइएको छ ।
सामाजिक सञ्जालमा
सक्रिय नेपाली शिक्षित युवाहरुको समूह हो ‘दारी ग्याङ’ । यो समूहले विभिन्न समयमा
विभिन्न सामाजिक कार्य गर्दै आएको छ। दारी ग्याङका केन्द्रीय सदस्य तथा फुटसल
व्यवस्थापन समितिका सदस्य महेश्वर घिमिरेका अनुसार यो प्रतियोगिता सम्पन्न भएपछि
बाँकी रहेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी दिएका छन।
- न्युज बहार संवाददाता