मंसिर २०, काठमाडौँ । नेपालमा जारी रहेको नेपाल
प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो हित हात पारेको छ। किर्तिपुर
स्थित टीयु क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले जिमी नीशमको अलराउण्ड
प्रदर्शनमा लगातार तेस्रो जित हात पारेको हो ।
पोखरा
एभेन्जर्सलाई बिहीबार जनकपुर बोल्ट्सले ७ विकेटले पराजित गरेको हो । टस हारेर
पहिले ब्याटिङ गरेको पोखराले त्यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन
बनाएको थियो ।
- न्युज बहार संवाददाता