Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ९.५४ अंकले घट्यो नेप्से, दुई लघुवित्तको सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक घटेको छ । पछिल्ला ४ कारोबार दिनदेखि बढेको नेप्से आज घटेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक ९.५४ अंक(०.४७ प्रतिशत)ले घटेर २०१७.९७ विन्दुमा बन्द भएको छ।  

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

आज बुधबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्त र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ ।

आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधीक १.४० प्रतिशतले बढ्दा विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप