कार्तिक १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि
सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९० पैसा
र बिक्री मूल्य १३३ रूपैयाँ ५० पैसा छ।
आज आइतबार युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ चार
पैसा र बिक्रीमा १४१ रुपैयाँ तीन पैसा पाइने छ
भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४७ पैसा र
बिक्रीमा ८४ रुपैयाँ ८५ पैसा पाइने छ।
त्यस्तै आज क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३१ पैसा र
बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ।
यस दिन बेलायती पाउण्ड स्टर्लिङ
एकको खरिददर आज १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६१ रुपैयाँ एक पैसा रहेको छ भने कतारी
रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ।
साउदी
अरेबियन रियाल एकको खरिददर आज राष्ट्र बैंकले ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५
रुपैयाँ ५८ पैसा तोकेको छ भने युएई दिराम एकको खरिददर ३६
रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यसैगरी
आज मलेसियन रिंगिट एकको खरिदमा २७ रुपैयाँ ८१ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५
पैसा पाइनेछ।
आज आइतबार कुवेती दिनार एकको
खरिदमा ४२९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७० पैसा पाइन्छ भने बहराइन
दिनार एकको खरिददर ३५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९३ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता