असार २०, काठमाडौँ। घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम धितोपत्र बोर्डले अध्ययन सकिए पनि नसकिए पनि असार मसान्तभित्रमा खुला गर्ने बताएको छ।
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने 'केही दिनमा नै अध्ययन प्रतिवेदन तयार हुने मेरा कर्मचारीहरूले जानकारी दिनुभएको छ, प्रतिवेदनले आइपिओ यथावस्थामै सुरू गर्न सकिने निष्कर्ष निकालेमा कुरा सक्किहाल्यो। तर, अध्ययन प्रतिवेदन समयमा पेश भएन, वा कारबाही गर्नुपर्ने देखियो वा थप अनुसन्धानको आवश्यकता देखियो भने असार मसान्तसम्ममा रकम खुला गरिनेछ।'
हमालले असारअन्त्यमा वार्षिक विवरण तयार गर्नुपर्ने र कर तिर्नुपर्ने भएकोले लगानीकर्तालाई यस्तो समयमा समस्यामा नपार्ने बताएका छन।
असार ४ गते बोर्डले अनुसन्धानको लागि भन्दै कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।
- न्युज बहार संवाददाता