मंसिर २२, काठमाडौँ । मौद्रिक नीतिको पहिलो समीक्षाको विषयमा अर्थमन्त्री
प्रकाशशरण महतले चासो व्यक्त गरेका छन्।
अर्थका
अधिकारीहरूका अनुसार बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीसहितका सञ्चालक समिति
डाकेर अर्थमन्त्रीले समीक्षा छिटो ल्याउन र अर्थतन्त्रको समस्या समाधान गर्ने गरी
नीति खुकुलो बनाउन निर्देशन दिएका हुन ।
उनको
भनाइ अनुसार अहिले विषम परिस्थिति रहेकोले नियामक निकाय लचिलो बन्न आवश्यक रहेको छ।
अर्थमन्त्रीको चासोपछी नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक
बसेको छ।
गभर्नर अधिकारीले अर्थ मन्त्रालयको सचिव नभएका कारण मौद्रिक नीतिको
समीक्षामा ढिलाइ भएको प्रतिक्रिया दिएका थिए।
आजै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी
गरेको छ।
- न्युज बहार संवाददाता