Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखी खुल्यो चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

असोज २३, काठमाडौँ । मंगलबारदेखि सर्वसाधारणलाई चिरख्वा हाइड्रोपावर लिमिटेडले प्राथमिक निष्कासन (आईपीओ)खुल्ला गरेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो आईपीओमा असोज २३ देखि असोज २६ सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्ने सेयर सर्वसाधारणले आवेदन नदिएको खण्डमा उक्त सेयर खरिद गर्ने प्रत्याभूति नागरिक लगानी कोषले गरेको छ ।

यस कम्पनिको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको आईपीओमा लगानी गर्न चाहाने इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखी अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गनेए क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

  • न्युज बहार संवाददाता

थप