असार २४, काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
आज नेप्से २८.३८ (१.३८) प्रतिशत अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक बढदा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
यस दिन नेप्सेमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ।
आज २८७ वटा धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच भएको हो आज आइतबार रावा इनर्जीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
यस दिन सर्वाधिक घट्नेमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ। यस कम्पनीको सेयर मूल्य ६.६५ प्रतिशतले घटेको हो।
यस दिन १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ। आज होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ भने उक्त समूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशतले बढेको हो।
- न्युज बहार संवाददाता