Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असार २७ गतेदेखि आइपिओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त

  •   १ वर्ष अघि | १९ असार २०८२, बिहिबार

असार १९, काठमाडौँ । असार २७ गतेदेखि स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

पहिलो चरणमा लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

लघुवित्त कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रूपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

यस आइपिओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। 

यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

  • न्युज बहार संवाददाता

थप