Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लघुवित्तको सेयर मूल्यमा भारी गिरावट ।

नेप्सेमा ४८ अंकको गिरावट .

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, काठमाडौँ । आज बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । नेपालको केन्द्रीय बैंक राष्ट्र बैकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरे पछी लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।

हिजो बुधवार केन्द्रीय बैंकले लघुवित्तका लागि निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । यो व्यवस्थासँगै आज कारोबार नेप्से खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आउन थालेको थियो प्री ओपन सेसनबाट नै घट्न सुरु भएको लघुवित्त सुचक र नेप्से परिसुचक निरन्तर ओरालो लागेको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्रै छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ४८ अंकको गिरावट आइसकेको छ ।

थप