माघ २७, काठमाडौं । साना
व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले सहुलियत दिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक
नीतिको अर्धवार्षिक समीक्षामार्फत २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २
करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८०
असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने यस उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण भएको छ भने यो सुविधा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो दिइएको हो ।
यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएको छ ।