साउन १४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ।
आइतबार नेप्से परिसूचक २६.१४ अंक (२६.२२ प्रतिशत) ले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घट्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।
यस दिन २६६ वटा धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेचबाट २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ कारोबार भएको छ।
यस दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त छ यस कम्पनिको मुल्य ६.७८ प्रतिशतले घटेको छ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.३२ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता