जेठ ७, काठमाडौँ
। प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ । आज बिहान ११ बजेका लागि नयाँ
वानेस्वर स्थित संघिय संसद भवनमा बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि रहेको छ ।
सरकारबाट
बाहिरिँदै नेपाल जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री
प्रचण्डले विश्वासको मत लिन तयारी गरेका हुन् ।
संवैधानिक
प्रावधान अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र
विश्वासको मत लिनुपर्ने हुन्छ ।
- न्युज बहार संवाददाता