Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ४३.२७ अंकले बढ्यो नेप्से, सबै उपसमुहमा हरियाली

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ४३.२७ अंक (२.३२ प्रतिशत)ले बढेर १९०७.८९ बिन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।

यस दिन २८६ वटा धितोपत्रको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेचबाट ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँको कारोबार भएको छ। 

यसदिन आशा लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ४.६२ प्रतिशत र ३.९५ प्रतिशतले एनआइबिएल समृद्धि फण्ड इकाइको मूल्य घटेको छ

आज नेप्सेमा सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ ।

यसदिन सर्वाधिक २.८७ प्रतिशतले निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने २.७४ प्रतिशतले विकास बैंक समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप