जेठ
३०, काठमाडौँ। साताको तेस्रो कारोबार दिन अर्थात आज मंगलबार सेयर बजार परिसूचक नेप्से
दोहोरो अंकले बढेर बन्द भएको छ।
आज बजार खुलेसँगै बढ्न घट्ने क्रम
चलिरहँदा अन्तिममा नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२२.६४ मा रोकिएको छ। आजको यो
बृद्धि १.७२ प्रतिशत हो।
यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि
बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ६.५२ अंकले बढेर ३७९.८७ पुगेको छ। त्यसैगरी फ्लोट
इन्डेक्स २.३६ अंकले बढेर १४०.३५ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स
२.३४ अंकले बढेर १२५.८० मा बन्द भएको छ।
आज नेप्सेमा अघिल्लो दिनको तुलनामा कारोबार
रकम पनि करिब दोब्बर रकमले बढेको छ।
अघिल्लो दिन करिब २ अर्ब ८८ करोड कारोबार भएको बजारमा आज ४ अर्ब १२ करोड ६६ लाख ९५ हजारको कारोबार भएको छ।
बजारमा आज २७० स्टकको ७० हजार ७५९ पटक
खरिद बिक्री भएको छ।
आज नेप्सेमा निर्माण र प्रशोधन उपसमुहमा
सबै भन्दा धेरै ४.३२ प्रतिशत बृद्धी भएको छ भने आज सबै भन्दा धेरै शिवंम सिमेन्टको
शेयर खरिद बिक्री भएको छ। त्यसैगरी आज विन नेपाल लघुवित्त शेयरको सकारात्मक सर्किट
लेबलमा कारोबार भएको छ। यस दिन लघुवित्तको शेयर मुल्य १० प्रतिशतले बढेर ८८०
रुपैयाँमा खरिद बिक्री भएको हो।
- न्युज बहार संवाददाता