Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

९.१९ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथी

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । शेयर बजारमा चैत मसान्तको प्रभाव सकिएसँगै केही सुधारको संकेत देखिएको छ ।

आज मंगलबार नेप्से सूचक ९.१९ अंक (०.४५ प्रतिशत)ले बढेर २०३६.०१ विन्दुमा बन्द भएको छ ।

आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि बृद्धी भएको छ। आज बजारमा  ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर कारोबार किनबेच भएको छ।

यसदिन नेपाल फाइनान्स, पोखरा फाइएनान्स, जानकी फाइनान्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने सबैभन्दा धेरै १० प्रतिशतले विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ ।

आज बजारमा सुर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधीक कारोबार भएको छ ।

आज मंगलबार पनि लगानीकर्ताको आकर्षण फाइनान्स उपमूहमा देखिएको छ । त्यसबाहेक आज अन्य उपसमूह र इन्स्योरेन्स समूहमा पनि केही मात्रामा बढेका छन ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक घटेको छ भने बाँकी १० उपसमूहको सूचक बढेका छन्।

यस दिन सबैभन्दा धेरै २.७९ प्रतिशतले फाइनान्स उपसमूहको सूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप