जेठ २४, काठमाडौँ। साताको चौथोँ कारोबार दिन अर्थात बुधबार सेयर बजार परिसूचक नेप्से एकल अंकले बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ मा रोकिएको छ। आजको यो बृद्धि ०.२४ प्रतिशत हो।
यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत आज ०.३८ अंकले बढेर ३६५.४७, फ्लोट इन्डेक्स ०.२४ अंकले बढेर १३४.६१ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले बढेर १२०.९५ मा बन्द भएको छ।
आज नेप्सेमा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बजारमा आज २६१ स्टकको ४१ हजार ६१३ पटक कारोबार भएको छ।
आज सबैभन्दा धेरै सोल्टी होटलको सेयर कारोबार भएको छ भने युनिक नेपाल लघुवित्तको सेयर मुल्य सकारात्मक सर्किट लेबलमा करोबार भएको छ।
आज ट्रेडिङ उपसमुहमा सबै भन्दा धेरै ४.९७ प्रतिशत बृद्धी भएको छ।
- न्युज बहार संवाददाता