जेठ
७, काठमाडौँ । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक
२७.५४ अंक(१.३३ प्रतिशत)ले बढेर २०९२.०० विन्दुमा पुगेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बजारमा यस
दिन ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ
बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज पनि नेप्सेमा ४ स्टक बुद्धभुमि नेपाल हाइड्रोपावर
कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे
लघुवित्त र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
आज सर्वाधिक ७.४० प्रतिशतले कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष
स्थानमा रहेको छ। यस फाइनान्सको आज १९
करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये ५ उपसमूहको परिसूचक घटेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ ।
सोमबार बैंकिङ्ग सर्वाधिक
४.१८ प्रतिशतले उपसमूहको परिसूचक बढेको छ भने जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता