Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२.११ अंकले बढेर २९८८.४४ विन्दुमा बन्द भयो नेप्से

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौ ५, काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.११ अंकले बढेर २९८८.४४ विन्दुमा बन्द भएको छ।

बुधबार कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा घटेको छ । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै १० प्रतिशतले कर्णली डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ ।

आज कारोबार रकमका अधारमा हिमालयन रि इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ ।  यस कम्पनिको आज ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ । सबैभन्दा धेरै ४.९९ प्रतिशतले फाइनान्स उपसमूहको सूचक बढेको छ । आज ब्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप