भदौ
१२, काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.०५ अंक (०.२५ प्रतिशत)ले घटेर १९९३.४२
बिन्दुमा बन्द भएको छ।
नेप्से
परिसूचकसँगै पनि कारोबार रकम पनि घटेको छ।
छ।
यस दिन
२७८ वटा धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेचबाट ८६ करोड ५१ लाख २०
हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन
नेप्सेमा कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने
सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ ।
आज
माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यस दिन कारोबारमा आएका समूहगत
परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
आज
होटल्स तथा पर्यटन समूहको परिसूचकमा सर्वाधिक ०.६३ प्रतिशतको गिरावट आएको छ ।
- न्युज बहार संवाददाता