Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२.७३ अंकले घट्यो नेप्से, कारोबार रकम भने बृद्धी

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । शेयर बजार पछिल्ला केही कारोबार दिनदेखि घट्दो क्रममा रहेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंक(०.१३ प्रतिशत)ले घटेर २००४.०५ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम भने केही बढेको छ । बजारमा यस दिन ३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज पनि बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिएको छ ।आज शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा यस दिन पनि ९ लघुवित्त कम्पनीहरु रहेका छन् । मानुषि लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ  भने पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन सो फाइनान्सको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक २.३८ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ  भने यस दिन सर्वाधिक १.६१ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप