Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१.०६ प्रतिशतले घट्यो नेप्से, तिन कम्पनिको मुल्यमा सकारात्मक सर्किट

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २०.१६ अंक (१.०६ प्रतिशत)ले घटेर १८७४.६० बिन्दुमा बन्द भएको छ।

आज बिहीबार नेप्से परिसूचक घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही बढेको छ। 

यस दिन २९२ वटा धितोपत्रको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेचबाट १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँको कारोबार भएको हो।

यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 
यसदिन मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर र सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आज सेयर मूल्य सर्वाधिक ९.०९ प्रतिशतले घट्नेमा सिटी होटल रहेको छ।

आज बजारमा लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

यसदिन सर्वाधिक ३ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप