Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६ दिनको बृद्धी पछी नेप्सेमा करेक्सन

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन ब्रक लागेको हो।

आज नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा झरेको छ।

नेप्से सँगै यस दिन कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ६.५६ प्रतिशतले माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य बढेको छ। यस दिन सर्वाधिक १० प्रतिशतले कारोबारमा आएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ८० करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशतले घटेको छ। 

  • न्युज बहार संवाददाता

थप