बैशाख २४,
काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ ।
आज नेप्से परिसूचक १५.६२ अंक( ०.७९ प्रतिशत)ले घटेर १९५८.७५ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ । यस दिन ३१० स्टकको ४८ हजार ७०९ पटकको कारोबारमा २ अर्ब ८९ करोड
१३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।
आज घटेको बजारमा बोटलर्स नेपाल (तराई) को शेयरमूल्य
सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ ।
त्यस्तै दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ। यस दिन दोल्ती पावर र पोखरा फाइनान्सको शेयर नकारात्मक सर्किट
लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस
दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सक्त कम्पनिको यस दिन ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
यस
दिन ककारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको
परिसूचक घटेको छ ।
आज
सर्वाधीक विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ भने वित्त उपसमूहको
परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता