कार्तिक २०, काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ने म्याद सरेको छ । कम्पनीले अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ ।
भोलि मंगलबारदेखि कम्पनीले
वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा अहिले सो
अवधिमा नभइ लाई मंसिर ४ देखि मात्रै खुला हुने जनाएको छ ।
बिक्री प्रवन्धक एनएमबी क्यापिटलले तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
अब मंसिर ४ देखि १८ गतेसम्म वैदेशिक रोजगारमा रहेकाले यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
- न्युज बहार संवाददाता