असोज
३०, काठमाडौँ । अमेरिकी डलरको विनिमय दर मंगलबार हालसम्मकै उच्च भएको छ।
आजका लागि एक अमेरिकी डलरको
खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ भने यो मूल्य
हाल सम्मकै उच्च हो।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा १४०
रुपैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा पाइने छ भने आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४
रुपैयाँ ०८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ४६ पैसा पाइने छ।
यसदिन, क्यानेडियन डलर एकको खरिदमा ९७
रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६१
रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३२ पैसा पाइन्छ।
आज
मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१
पैसा तोकिएको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र
बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकिएको छ।
आज
राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ
३६ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ०७
पैसा र बिक्रीमा २८ रुपैयाँ २० पैसा तोकिएको छ ।
आज मंगलबार कुवेती दिनार एकको
खरिदमा ४२९ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६४ पैसा पाइने छ भने बहराइन
दिनार एकको खरिददर ३५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २३ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता