राष्ट्र बैंकले व्यवसायीहरूको अपेक्षा विपरीत बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ।अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अहिले कायम नीतिगत दर नचलाउने संकेत गरेको हो।
एक कार्यकारी निर्देशकले भने अहिले रेमिटेन्स आप्रवाह बढेको छ, आयात घटेको छ, 'आयात पनि उच्च दरमा नहुने हो भने रेमिटेन्स
बढ्दै जाँदा बजारमा आफैं तरलता बढ्न थाल्छ, ब्याजदर समेत
घट्दै जान्छ।'
राष्ट्र बैंकले यही कारणले गर्दा नीतिगत दर नचलाउने उनले स्पष्ट
पारेका छन। बजारमा पैसाको प्रवाह नै रोकिएको व्यवसायीहरूले बताउँदै आएका छन् दुई
खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी रहेपनि वाणिज्य बैंकहरू अलि सचेत भइरहेकोले
हाल बजारमा पैसाको प्रबाह कम भएको कार्यकारी निर्देशक बाताउँछन।
सबैभन्दा धेरै समस्यामा साना व्यवसायीहरू पैसाको
प्रवाह रोकिदा मारमा परेको व्यवसायी शेखर गोल्छाले बताए। सेयर बजार सम्बन्धमा भने लगानीकर्ताहरू
राष्ट्र बैंको नीतिमा केही लचिलो हुने अपेक्षामा छन्।