माघ २४, काठमाडौँ । केही समय यता सुस्त रहेको शेयर बजार मंगलबार साढे तिन प्रतिशतले
बढेको छ। मंगलबारको दिन नेप्से परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेर २१७७.३४
बिन्दुमा रोकिएको हो।
त्यसैगरी
यस दिनको सेन्सेटिभ इण्डेक्स १२.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र
सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ ।
नेप्से इण्डेक्स सँगै मंगलबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारको दिन सोमबार करिब साढे १ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम बढेर ३ अर्ब माथि पुगेको छ। आजको कुल कारोबार रकम ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ रहेको छ । आज मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
