Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सातु बिक्री गरेरै मासिक ५० हजारदेखी एक लाख सम्म कमाउँदै

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

कात्तिक २६, सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बजारस्थित सुपरमार्केटमा बिहानै ५ बजेदेखी ठेला लिए आइपुग्छन् । उनको ठेला सातुको लागी परिचित छ । उनको ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती समेत पाइन्छ। 

उनको ठेला बजारमा देख्नेबित्तिकै ठेलामा सातु पिउने मानिसको भीड लाग्ने गर्छ । सातु खान आउने अधिकांशले उनको सातु स्वादिष्ट रहेको बताउँछन झट्ट हेर्दा उनको ठेला पनि राम्रो छैन तर ग्राहक भने सातु खुवाएर सन्तुष्ट हुने गरेका छन । उनले यही सातुको बिक्रीबाट मासिकरुपमा रु ५० हजार  आम्दानी गर्ने गरेका छन । 

गर्मीको मौसममा उनले मसिक एक लाख सम्म पनि कमाउँछन । गर्मीको समयमा एकदिनमा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप