असार
१७, काठमाडौँ। आज आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से ५३.७०
अंकले घटेको छ।
आतबार सेयर
बजार परिसुचक नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगी बन्द बएको छ।
यस दिन नेप्से
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन करोबार
रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ।
आज
नेप्सेमा २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको
हो।
बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य आइतबार सर्वाधिक १० प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यस दिन नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
- न्युज बहार संवाददाता