साउन ७, काठमाडौँ । अब सार्वजनिक रूपमा ब्रोकर कम्पनी मार्फत् हुने कारोबारको विवरण पनि उपलब्ध हुने भएको छ।
यस्तो
जानकारी आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्दै आएको मासिक तथा वार्षिक कारोबार प्रतिवेदनमा
राखिने नेप्सेले जनाएको छ।
नेप्सेका
प्रवक्ता मुराहरि पराजुलीका अनुसार अब यस्तो विवरणमा ब्रोकर (कारोबार सदस्य)
अनुसारको खरिद तथा बिक्री रकम उपलब्ध हुने छ।
आठ
ब्रोकर कम्पनीमार्फत् एक खर्बभन्दा धेरै रकमको सेयर किनबेच भएको नेप्सेले सार्वजनिक गरेको गत
आर्थिक वर्ष २०८१८२ को बार्षिक प्रतिवेदनले देखाएको छ।
आठ मध्ये
सबैभन्दा धेरै नासा सेक्युरिटिज मार्फत् सेयर कारोबार भएको देखिन्छ।
यस ब्रोकरमार्फत् सो अवधिमा दुई खर्ब ५८ अर्ब रूपैयाँको सेयर
कारोबार भएको हो।
- न्युज बहार संवाददाता