असार ४, काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेको छ
यस
दिन नेप्से परिसूचक १८.७६ अंक (०.८९ प्रतिशत)ले घटेर २०७६.४९ विन्दुमा बन्द भएको
हो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१८ स्टकको ५८ हजार
११९ पटकको कारोबारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता
शेयर खरिदबिक्री भएको हो।
घटेको नेप्सेमा आज समाज
लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दुई स्टक मनकामना
स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ११ करोड २७
लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक
१.१६ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता