Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३२.८१ अंकले घट्यो नेप्से, अपि पावरको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्से बिहीबार ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा बन्द भएको छ ।

यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही वृद्धि भएको छ।

बजारमा यस दिन ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ९.८५ प्रतिशतले विन नेपाल लघुवित्तको शेयरमूल्य बढेको छ। यस दिन नकारात्मक सर्किट लेभलमा ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा अपि पावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक १.०१ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक २.३४ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप