Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक व्यक्तिको बैक खाताबाट कनेक्ट आईपीएस ह्याक गरी १० लाख १० हजार रुपैयाँ चोरी

  •   ३ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ । एक व्यक्तिको बैक खाताबाट कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । ह्याक गर्ने गिरोहले सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो । 

पीडित मेहताको भनाई अनुसार आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको हो । अर्को तर्फ मेहताको आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको छ ।

मेहताका अनुसार आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरिएको थियो । तर अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उनले आरोप लगाएका छन । 

  • न्युज बहार संवाददाता

थप