साउन २२, काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आज सुनको
भाउ प्रतितोला एक सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज
सोमबार चाँदीको मूल्य स्थिर
रहेको छ। लगातार तीन दिनदेखि स्थिर रहेको चाँदी आज १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको
छ ।
- न्युज बहार संवाददाता