Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली खाद्यान्न बजारमा दालहरुको मुल्य घटबढ, कुन दालको मुल्य कति?

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । नेपाली खाद्यान्न बजारमा मास, रहर, चना दालको मूल्य घटेको छ ।

नेपाल खुद्रा व्यवसायी संघले प्रत्येक महिनाको १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गर्छ ।

रहर दाल १५ दिन अघिको तुलनामा प्रतिकिलो १० रूपैयाँले घटेको छ ।

अहिले चैत १५ मा आउँदा रहर दाल प्रतिकिलो दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ ।

मासको दाल अहिले एक सय ९० रूपैयाँमा कारोबार भएको छ ।

अर्को तर्फ चनाको दालको मूल्य पनि पाँच रूपैयाँले घटेको छ । चनाको दाल अहिले एक सय ७० रूपैयाँमा कारोबार भएको छ ।

छाटा मुंगको मूल्य भने प्रतिकिलो दश रूपैयाँले बढेको छ ।

अहिले मुंग दाल प्रतिकिलो एक सय ९० रूपैयाँ पुगेको छ ।

बजारमा मुसुर दालको मूल्य भने स्थिर रहेको छ । 

  • न्युज बहार संवाददाता

थप