Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

म्याग्दी जिल्लामा उत्पादन भएको आलुले पाएन बजार ।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, म्याग्दी । म्याग्दी जिल्लामा उत्पादन भएको  आलुले उचित बजार नपाउँदा किसान समस्यामा परेका छन्। पश्चिम म्याग्दीका धौलागिरि, मङ्गला र मालिका गाउँपालिकामा खनेको आलु थुपारिए बसेको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ भने खनिसकेका आलु घरघरमा थुप्रिएको छ । गाउँपालिकाको किसानले अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको बताएका छन् ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा फलेका आलु बिक्री नहुँदा किसानहरु यतिबेला मारमा परेका हुन् । यस क्षेत्रको मकैपछिको दोस्रो प्रमुख बाली भनेको आलु हो । प्रमुख बाली आलुले बजार नपाउँदा कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताए ।

यस वर्ष म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन बृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको जनाएको छ । यसरी आलुको उत्पादन बृद्धि हुँदा पनि आलुले बजार नपाउँदा समस्या भएको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार विगतका वर्षहरुमा जिल्लामा उत्पादन भएको आलुमध्ये ७० प्रतिशत एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको थियो । म्याग्दीका कृषकले प्रतिकिलो रु ५० देखि रु १०० सम्ममा आलु बेच्ने गरेका थिए ।

मालिका–४ देवी स्थानकी कृष बूढाले यस वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको बताए। यस वर्ष आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै सामान्य प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ छ । यसरी छोपेर राख्दा आलु कुहिने पिरले किसान चिन्तित भएका छन ।

थप