Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, काठमाडौँ । मीन घलेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ । उक्त निष्कर्ष १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले निकालेको हो । यस निष्कर्षसँगै समितिले प्रतिवेदन बुझाएको छ ।  

दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग घलेले सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको समितिले निष्कर्ष निकालेको छ । पटक–पटक दुवईबाट घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । 

समितिका अनुसार पटक पटक गरी चन्द्र घले, मिन बहादुर घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई वाहिर ल्याउने गरेको थियो । यसै प्रकृयामा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी सुन मात्र पक्राउ परेको हो । 

  • न्युज बहार संवाददाता

थप