Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धादिङ जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेतीमा रमाएका किसान ।

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

भदौ १०, धादिङ । धादिङ जिल्लामा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले यसबाट आम्दानी लिन थालेका छन् । यतिबेला धादिङ नीलकण्ठ नगरपालिका-१ पात्ले र नीलकण्ठ-१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो ।

अहिले यी दुवै ठाउँ पात्ले र साङ्कोषमा धमाधम ड्रागन फुड टिप्ने समय भएको छ । बारी भरी रहर लाग्ने गरी राताम्मे भएर फलेको ‘ड्रागन फ्रुट’ टिप्ने सिजन अहिले सुरु भएको हो ।

ड्रागन लगाएको ठाउँमा यतिखेर फल टिपेर खाने, फुल फुल्दै गरेको र कोपिला लाग्दै गरेको अवस्थामा पुगेको ड्रागन खेती हेर्न लायक देखिएका छन । नीलकण्ठ-१२ का छविन्द्रनारायण श्रेष्ठले अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिएको बताएका छन ।  

श्रेष्ठले पखेरा बारी करिब १० रोपनी जग्गामा आठ सय बिरुवा लगाएका छन् । उनले २०७८ सालबाट ड्रागन फ्रुट खेती सुरु गरेका हुन भने यस वर्ष दोस्रो पटकको आम्दानी लिन थालेका छन् । उनकोमा अहिले चार सय बिरुवाले फल दिन थालेको छन । घरैसम्म मानिस पुगेर ड्रागन फ्रुट लिने गर्छन । ‘घरैमा पुग्नेलाई प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेको छु’, उनले भने, ‘टाढा-टाढाका मानिस खेती हेर्नकै लागि मात्रै भनेर बारीमा आइपुग्छन।’

श्रेष्ठले ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि भन्दै फल किन्न मनिस बारीमै पुग्ने गरेका छन् । उहाँको भनाइ अनुसार यसको औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको हो ।

  • न्युज बहार संवाददाता

थप