Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फल लागेको कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

  •   ३ वर्ष अघि | ११ कार्तिक २०८०, शनिबार

कार्तिक ११, बागलुङ । बागलुङका किसानहरु यतिबेला चिन्तित भएका छन । फल लागेको कागतीका बोट धमाधम मर्न थालेपछि किसान अहिले छटपटीमा छन। पछिल्लो दुई महिनायता कागतिको बोटमा ढुसीको प्रकोप देखिएपछि कागतीका बोट मर्न थालेका हुन् । 

यहाँका स्थानीय किसान सयौँको हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको बताउँछन । 

पुन मगरका अनुसार गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको छ । उनले तत्काल सुक्न थालेका हाँगालाई किसानले समयमै काटेर फाले बोट मर्नबाट जोगिने बताएका छन ।

पुन मगरले प्रायः कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने सुझाव दिएका छन ।

बागलुङ जिल्लामा मात्र हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ भने हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप