पुस ४, नवलपरासी
। वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा परेका नवलपरासी (बर्दघाट सुस्तापूर्व)
नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा अहिले यसको विकल्पकका रुपमा माछापालन तर्ख
आकर्षित हुन थालेका छन । सधैँजसो चितवन
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि
कतिपयले विकल्पमा रुपला माछा पोखरी निर्माण गर्न थालेका हुन ।
कावासोती–७ का किसान देवराज
सुब्बाले माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो
विकल्पमा आफूहरू लागेको बताए । सुब्बाका अनुसार वनको सीमासँग जोडिएका यहाँका
बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको छ। उनले भने “यहाँ करिब ७० घरपरिवार सबैजसोको
पोखरी छ, वनसँग
जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै नसकिने भएकोले, त्यसको विकल्प माछापोखरी बनेको
छ।” उनले माछापालनबाट आम्दानीसमेत राम्रो हुँदै आएको
बताएका छन ।
त्यस्तै यमबहादुर
नेपालीले पनि पहिले धानखेती लगाउँदै आएका थिए भने अहिले माछापोखरी खन्नुभएको छ । उनका
अनुसार दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही
नरहने भएपछि यस माछापोखरी निर्माण गर्ने क्रम हो ।
नवलपरासी
जिल्लाको कावसोती, देवचुली, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा
दिनप्रतिदिन माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँका
सामुदायिक वनले वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछापोखरी निर्माणका लागि समेत
सहयोग गर्दै आएका छन् ।
माछापालनमा मध्यवर्ती क्षेत्रका
बासिन्दा आकर्षित भएसँगै कावासोती नगरपालिकाले वडाहरूलाई पकेट क्षेत्रका रुपमा
घोषणा गरेको छ भने माछापालनका लागी अनुदान समेत उपलब्ध गराउँदै आएको छ । कावासोती
नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले कावासोती नगरपालिकाभित्रका
वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने
गरेको बताए ।
- न्युज बहार संवाददाता