कार्तिक १०, काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको छ । दसैँ लगत्तैको कारोबार दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।
दसैँ अघिको अन्तिम कारोबार दिन अर्थात कार्तिक ३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैँपछिको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।
आज छापावाल सुन प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ र र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ महासंघले जनाएको छ। दसैँ अघिको अन्तिम कारोबार दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो भने आज पनि चाँदीको कारोबार सोही मूल्यमा भइरहेको छ ।
- न्युज बहार संवाददाता